प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर  

संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु गलत : कांग्रेस

मंगलबार, फागुन २३, २०७९

काठमाडौं । नेपाली कांग्रेसले द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्ने बताएको छ । सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलको बैठकपछि बोल्दै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु गलत हुन्छ ।’ उनले यो कुनै अमुक पार्टीको मात्रै नभएर राज्यको विषय भएको बताए । सबै मिलेर संक्रमणकालीन न्याय सम्पादन गर्ने भएकाले अदालत पनि यो विषयमा सकारात्मक हुने उनको बुझाइ छ ।’ नेपाली कांग्रेस द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छ ।’

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार