आठदलीय कार्यदलको बैठक बस्दै

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ । प्रधानमन्त्रीविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएपछि आउनसक्ने परिस्थितिसहित राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका बारेमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बस्दैछ । बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । आज सर्वाेच्च अदालतमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर रिट दाय भएको छ । 
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू छन् । 
यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा उक्त आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् ।  विपक्षी एमालेकातर्फबाट सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन पर्सि बिहीबार हुँदैछ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार