सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ । १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा दर्ता भएको हो । सर्वोच्च प्रशासनले प्रचण्डविरुद्धको रिटको बिहीबार पेसीसमेत तोकिदिएको छ । उक्त रिटलाई लिएर मंगलबारबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठक बसेर शान्तिप्रक्रियाविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् । अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका थिए । सुरुमा दरपीठ भएको यो मुद्दालाई सर्वोच्चको न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार दर्ता आदेश दिएको थियो । सर्वोच्चका प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिन्छु भनेर दिएको अभिव्यक्तिविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको थियो । त्यही आदेशअनुसार मंगलबार सर्वोच्चमा रिट दर्ता भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए। माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए। उक्त भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्ने आदेश माग गरिएको रिट आज दर्ता भएको हो ।