संक्रमणकालीन न्यायको व्यवस्थापन गर्न एकजुट रहने

के निर्णय गरे नौ दलीय सत्ता गठबन्धनका दलहरुले

सोमबार, फागुन २२, २०७९

काठमाडौं । सत्तारुढ नौ दीलय गठबन्धनले संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाविपरीत भएका क्रियाकलापतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको संयुक्त बैठकले संविधानले नचिनेका नदेखेका तथाकथित पदका नाममा गरिने संविधान विपरीतका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी अवाञ्छित रहेको ठहर गर्दै आफूहरु त्यसविरुद्द एकमत रहेको सन्देश दिन खोजेका छन् । राजातन्त्रको वकालत गर्दै दुर्गा प्रसाईंले गरेको गतिविधिप्रति लक्षित हुँदै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।

https://www.nepalpress.com/wp-content/uploads/2023/03/332321028_212359698035949_3051324346810450251_n-1.jpg
निर्णयमा भनिएको छ, ‘संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्दछौं ।’
त्यस्तै, संक्रमणकालीन न्यायको व्यवस्थापन गर्न पनि आफूहरु एकजुट रहेको बैठकले निर्णय गरेको छ । संयुक्त बैठकको निर्णयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, नेपाल समाजवादीका डा। बाबुराम भट्टराई, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार