एमाले नेता खनालको स्वास्थ्यमा सुधार 

पूर्वरानीको पनि स्वास्थ्यमा सुधारोन्मुख  
बुधबार, वैशाख २२, २०७८

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत  दुवैको स्वास्थ्यमा सुधार भइरहेको हो । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख  छ । उनी कोरोना भाइरस सङ्क्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए ।  यस्तै प्लाज्मा थेरापी विधिबाट अस्पतालमा उपचार गराइरहनुभएका पूर्वरानी शाहको अवस्थामा पनि सुधार आएको उनले बताए । गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो । अहिले पनि उहाँको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । भारतको हरिद्वारमा भएको कुम्भमेलाबाट फर्किएपछि पूर्वराजारानीलाई सङ्क्रमण भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार