८ दलीय गठबन्धनको बैठक बस्दै

आइतबार, फागुन २१, २०७९

काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन तथा मन्त्रिमण्डल विस्तारका बारेमा छलफल हुने बुझिएको छ । ४ बजे बस्ने बैठकमा मन्त्रिमण्डलमा भागबन्डा लगायतका विषयमा सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेस लगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएका थिए ।
अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार