सिटीनेटको दशौं अधिवेशन पोखरामा 

विपद् जोखिम व्यवस्थापन अध्ययन केन्द्र खोल्दै सिटीनेट नेपाल 

भवन बनाउन जग्गाका लागि हेटौंडा उपमहानगरपालिकालाई पत्राचार
आइतबार, फागुन २१, २०७९

धनगढी । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरले विपद् जोखिम व्यवस्थापन अध्ययन केन्द्र (डिआरआर लर्निङ्ग सेन्टर) खोल्ने तयारी गरेको छ ।  सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको धनगढीमा सम्पन्न बैठकले केन्द्रको आवश्यकता औंल्याउँदै त्यसका लागि तयारी थाल्ने निर्णय गरेको हो । 
बैठकले केन्द्रको भवन बनाउन जग्गाका लागि हेटौंडा उपमहानगरपालिकालाई अनुरोध पत्र लेखेर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरका अध्यक्ष तथा हेटौंडा उपमहानगरका मिनाकुमारी लामाले विपद् जोखिम व्यवस्थापन अध्ययन केन्द्र आवश्यक भएको बताउँदै उपमहानगरले बैठकको यो निर्णयलाई गम्भीरतापूर्वक लिएको बताइन् । 
उनले भनिन् , ‘बैठकको यो निर्णयलाई म उपमहानगरपालिकाको टिमसँग राख्छु , सम्भवत काम अगाडि बढ्छ । ’ हेटौंडा उपमहानगरपालिकाले केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनु विपद् व्यवस्थापन र न्यूनीकरण गर्न उपमहानगरले निर्वाह गरेको भूमिका जिम्मेवारी भएको दाबी गरिन् । 
सिटीनेट कार्यसमिति सदस्य तथा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले केन्द्रको भवन निर्माण गर्न आर्थिक स्रोत अन्य नगरपालिकाले जुटाउने बताए । उनले भने, ‘ विपद् व्यवस्थापनका लागि यस्तो केन्द्र अत्यावश्यक छ,भवन बनाउन लाग्ने आर्थिक स्रोत अन्य नगरपालिकाले जुटाउँछ ।’ 
ललितपुर महानगरप्रमुख महर्जनले दातृ निकायले पनि सहयोग गर्न सक्ने बतउँदै उनले भने, ‘ यो महत्वपूर्ण विषय हो, यसका लागि एप्रोच गर्न सकिन्छ ।’ 
धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले नगरपालिकाबीचको सहकार्यबाट केन्द्रको भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन सकिने बताए । 
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सिटीनेटको नेपाल राष्ट्रिय च्याप्टरले केन्द्र स्थापनाको पहल गर्नु प्रशंसनीय काम भएको बताए । 

WhatsApp Image 2023-03-05 at 10.40.381677995237.jpeg
केन्द्रको निर्माणका लागि सबैको सहयोग अपरिहार्य हुने बताउँदै गोदावरी नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  
बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे र घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले देशभर नगरपालिकाहरुको विकासका लागि सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको भूमिका महत्वपूर्ण हुने बताए । 
उनीहरुले नेपाल च्याप्टर र सिटीनेटको मूलसमितिको समवन्यले चेतना अभिवृद्धि गर्न, स्रोत साधन जुटाउन सहयोग पुग्ने बताए । 
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले विपद् व्यवस्थापन र विपद्को बारेमा नागरिकलाई सचेत बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । 
बैठकमा श्रेष्ठले सिटीनेटले स्थानीय निकायहरुलाई गर्न सक्ने सहयोग, सम्भावना तथा अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी एनसेटका उपकार्यकारी निर्देशक गणेश कुमार जिमीले सिटीनेट र सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
नगर विकास कोषका कार्यकारी निर्देशक नगरविकास कोष स्थानीय तहहरुकै कोष भएको बताए । उनले सहकार्य र समन्यबाट धेरै काम गर्र्न सकिने बताए । कार्यक्रममा उनले स्थानीय निकायहरुलाई गर्न सक्ने सहयोग, सम्भावना तथा अवसरहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको विधानमाथि छलपल गरिएको थियो । 

WhatsApp Image 2023-03-05 at 10.41.081677995233.jpeg

सिटीनेटको तदर्थ समिति विस्तार 
सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको तदर्थ समिति विस्तार गरिएको छ । विस्तारित उक्त समितिको सदस्यहरुमा पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका, विरगंज महानगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका, तानसेन नगरपालिका रहेका छन् । त्यसैगरी संस्थागत सदस्य संस्थामा नगर विकास कोष रहेको छ । यसैगरी सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको सचिवालय ललितपुरको भैंसीपाटीमा रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) मा रहने बैठकले निर्णय गरेको छ । 

सिटीनेटको दशौं अधिवेशन पोखरामा 
सन् २०२६ मा हुने सिटीनेटको १० औं अधिवेशन पोखरामा हुने भएको छ । धनगढीमा सम्पन्न सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको शनिवार सम्पन्न बैठकले उक्त अधिवेशन पोखरामा गर्ने निर्णय गरेको हो । ४ वर्ष अघि ८ औं कार्यसमिति छनौटका लागि भएको अधिवेशन ललितपुर महानगरले आयोजना गरेको थियो । ‘सिटीको बैठक गर्नु पाउनु नेपालको परिचयलाई व्यापक बनाउनु हो, नेपाल चिनाउनु हो’ ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भने । पोखरा महानगरले आयोजना गर्ने सिटीनेटको १० औं अधिवेशनको सफल पार्नु सिटीनेटमा आबद्ध सबै स्थानीय तह र संस्थागत सदस्यहरुको जिम्मेवारी भएको उनले प्रष्ट पारे । उनले भने, ‘सबै मिलेर सफल बनाऔं ।’

WhatsApp Image 2023-03-05 at 10.40.561677995233.jpeg

सिटीनेट के हो ?
सिटीनेट एसिया प्यासिफिक  रिजनका नगर प्रमुख र सहरी विकासमा कार्यरत विषयविज्ञ संस्थाहरुका सहभागी भएको संजाल हो । सिटीनेटले सहरको विकासका लागि सहयोग र अनुभव आदानप्रदान गर्न समन्वयको भूमिका निर्वाह गर्छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार