चुनावमा अन्तर्घात गरेका जसपाका ८० जना नेतामाथि कारबाही सिफारिस

शनिबार, फागुन २०, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले ८० जना नेता कार्यकर्तालाई कारवाही गर्ने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको आरोपमा उनीहरुलाई कारवाही गरिएको जसपाले जनाएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो । कारवाहीको सिफारिस गरिएका मध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् । जसमध्ये ८० जनालाई कारवाहीको सिफारिस गरिएको छ ।
जसपाद्वारा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो । शिवलाल थापा नेतृत्वको छानबिन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार