सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी छ । राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल तथा नेकपा एमालेका सुवास नेम्वाङले सांसदहरुलाई प्रत्यक्ष भेटेर तथा पत्र लेखेर मत मागिरहेका छन् । आठ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका काँग्रेसका पौडेल एमाले उम्मेदवार नेम्वाङको तुलनामा बलियो मानिएका छन् । तर गोप्य मतदान भएकाले यसै भन्न सकिने अवस्था छैन । एमालेले भोट क्रम गराउने प्रयास गरिरहेको छ । पार्टीगत ह्वाप जारी हुने सन्दर्भमा भोट क्रसको सम्भावना भने कमै देखिन्छ । संसदको चौथो ठूलो दल रास्वपाले सांसदहरुलाई विवेक प्रयोग गर्न दिने रणनीति बनाएको छ । उसले अहिलेसम्म सार्वजनिक भएका विववरणका आधारमा सांसदहरुलाई पार्टी ह्वीप जारी नगर्ने बताएको छ । निर्वाचन जति नजिकिँदो छ उम्मेदवारहरुको दौजधुप पति बढ्दो छ । सांसद र प्रदेशसभा सदस्यलाई पौडेलको पत्र आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लखेको छन् । उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सातै प्रदेशका प्रदेशसभा सदस्यलाई पत्र पठाएका हुन् । “नेपालका सबै मानिसको नैसङ्र्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउँदै आए । फलतः निर्दलीय निरङ्कुुश सत्तासँग म अलिकति पनि झुकिन र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ । बहुदलीय व्यवस्थाको पुनरागमन पछिका सत्ताका दिनमा पनि कही कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोसिस गर्दै आएको छु”, पौडेलले सांसदलाई लेखेको पत्रमा उल्लेख गरेका छन् ।
नेम्वाङले भेटे सीके राउतलाई एमालेका उम्मेदवार नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग भेट गरेका छन् । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले एमालेका नेताहरूसहित बुद्धनगरस्थित जनमत पार्टीको कार्यालय पुगेर अध्यक्ष राउतसँग भेट गरी राष्ट्रपतिमा आफूलाई मतदान गर्न आग्रह गरेका हुन् । राउतसँगको भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गरेका थिए । जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरूले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरूलाई बताएको थियो । संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत मागेका छन् । लोसपा तथा नाउपासँग मत माग्यो एमालेले एमालेले लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीुसँग पनि मत मागेको छ । ती पार्टीका कार्यालयमा गई एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनेका नेम्वाङलाई मत मागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य ठाकुर गैरसहितको टोली मत माग्नका लागि गएको थियो । लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटी उनीहरूले मत मागेका हुन् । बिहीबार एमालेले आफूसँगैबाट विभाजन भइ बनेको नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मत मागेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई भेट गरी राष्ट्रपतिमा नेम्वाङलाई मत मागेका थिए । यसअघि एमालेले नेपाली कांग्रेस बाहेक अन्य दलसँग आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङलाई मत माग्दै पत्राचार गरेको थियो ।