मत माग्दै सांसदहरुलाई रामचन्द्र पौडेलले पठाए पत्र

आठ दलीय गठबन्धनका सांसद गोलबद्ध, रामचन्द्रलाई राष्ट्रपति जिताउने संकल्प 

बिहीबार, फागुन १८, २०७९

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठदलीय गठबन्धनले सांसदहरूलाई प्रशिक्षण दिएको छ । आसन्न राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउने संकल्पसहित प्रशिक्षण कार्यक्रम राखिएको हो ।
गठबन्धनका दलहरूले यसअघि राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रसमेत बनाइसकेका छन् ।
नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा तीनकुनेस्थित एक ब्याक्वेटमा प्रशिक्षण कार्यक्रम जारी छ । प्रशिक्षणमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई बोलाइएको छ ।

मत माग्दै सांसदहरुलाई रामचन्द्र पौडेलले पठाए पत्र
राष्ट्रपतिका उम्मेदवार पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गरेका छन् । उनले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् ।


नेपाली कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धता जनाउँदै मत मागेका छन् ।
‘सबै धर्म संस्कृति, जात वर्ग लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको पालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारका रुपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार