बागमती प्रदेश सरकारद्धारा ललितपुर महानगर सम्मानित 

संस्कृतिको संरक्षण र  श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रशंसा  
बुधबार, फागुन १७, २०७९

ललितपुर । बागमती प्रदेश सरकारले ललितपुर महानगरले संस्कृतिको संरक्षण र  श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै संस्कृतिदीप पदकद्धारा सम्मान गरेको छ । बागमती प्रदेश सरकारले  सम्मान र पदकको गरिमा कायम गरी प्रदेशको गौरव बढाउने काममा निरन्तर योगदान रहने विश्वास लिएको बताएको छ  । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पदक दिएर सम्मान गरेको बागमती प्रदेश सरकारलाई धन्यवाद दिए । उनले भने, ‘यो सम्मानले हामीलाई उर्जा मिलेको छ, हामीले गरेको कामको मुल्यांकन भएको छ ।’

329360255_774519103864836_456207769208953386_n1677670158.jpgचिरीबाबु महर्जनको नेतृत्वमा गएको पाँच वर्षमा ललितपुर महानगरभित्र मूर्त, अमूर्त संरक्षणका लागि उल्लेख्य काम भएका छन् । २४ वर्षसम्म संचालन नभएको खड्ग जात्रा (पायोः जात्रा) नगर प्रमुख महर्जनको पहिलो कार्यकालमा सुरु भएको थियो । यसैगरी कात्तिक नाच, रुद्रायणी नाच जस्ता अमूर्त सम्पदाको निरन्तरताको लागि महानगरले अक्षयकोष स्थापना गरेको छ । २०७२ सालको भूकम्पमा धराप भएको पाटन दरबार क्षेत्रमा अवस्थित भीमसेन मन्दिर स्थानीयको लगानीमा पुनर्निर्माण भएको थियो ।  यसैगरी महानगरभित्रका सम्पदा र संस्कृति संरक्षणका लागि महानगरले बजेट विनियोजन गरेको छ । नगर प्रमुख चिरीबाबु महर्जनले सम्पदा र संस्कृति महानगरको नीधि भएको बताए । उनले भने, ‘हाम्राले यी सम्पति अर्को पुस्तालाई हस्तान्तरण गर्दै देशको परिचयलाई व्यापक बनाउनुपर्छ ।’

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार