सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले स्वीकृत भएको हो । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए । कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ । चार मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच प्रदेशको नाम ‘कोसी प्रदेश’ राख्ने सहमति जुटेपछि प्रदेशको नाम कोसी राख्न समहित भएको हो । प्रदेश सभामा इलामबाट एमालेका प्रदेश सांसद रामबहादुर मगरले प्रदेशको नामकरण ‘कोसी’ गरियोस् भनी प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा संखुवासभाका विदुर लिङथेप र धनकुटाका निरन राईले समर्थन गरेका छन् । लिङथेप र राई दुबै एमालेकै सांसद हुन् । झापाबाट नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले पनि प्रस्तावमा समर्थन जनाएका थिए । तर उनले समर्थन फिर्ता लिएका छन् । कुल ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, नेकाका २९, माओवादीका १३ र माओवादीका ६ सांसद छन् ।