सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । प्रदेश नम्बर १ को नामाकरण गर्न प्रदेश सभाको बैठक सुरु भएको छ। चार मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच प्रदेशको नाम ‘कोसी प्रदेश’ राख्ने सहमति जुटेपछि बैठक सुरु भएको हो । प्रदेश सभामा इलामबाट एमालेका प्रदेश सांसद रामबहादुर मगरले प्रदेशको नामकरण ‘कोसी’ गरियोस् भनी प्रस्ताव गरेका छन्। उनको प्रस्तावमा संखुवासभाका विदुर लिङथेप र धनकुटाका निरन राईले समर्थन गरेका छन् । लिङथेप र राई दुबै एमालेकै सांसद हुन् । झापाबाट नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले पनि प्रस्तावमा समर्थन जनाएका थिए । तर उनले समर्थन फिर्ता लिएका छन् । उक्त प्रस्तावप्रति असहमति जनाउँदै नेकपा एकीकृत समाजवादीका सांसद एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र राई र जनता समाजवादीकी सांसद एवम् प्रदेश स्वास्थ्यमन्त्री निर्मला लिम्बूले अर्को प्रस्ताव दर्ता गरेका छन् । राई र लिम्बूले दर्ता गरेको प्रस्तावमा प्रदेशको नाम ‘किराँत–लिम्बुवान् सगरमाथा’ प्रदेशको प्रस्ताव गरिएको छ । कुल ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, नेकाका २९, माओवादीका १३ र माओवादीका ६ सांसद छन् । यसप्रकार कोसी प्रदेशका पक्षमा दुई तिहाइभन्दा बढी ८८ मत पर्ने देखिन्छ।