महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग 

बुधबार, वैशाख २२, २०७८

कञ्चनपुर । ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई मंगलबार ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । सरकारी अस्पताललाई निःशुल्क रूपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्र्तगत महाकाली अस्पताललाई सहयोग गरिएको हो  । अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका  बिरामीको ज्यान जोगाउन सघाउ पु¥याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । यसअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० र डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।–रासस
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार