सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । संघीय संसदको महासचिव डा। भरतराज गौतमले जारी गरेको बैठकको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् । यस्तै, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१० बमोजिम जानकारी गराउने छन् । यस्तै, राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक,२०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।