ललितपुर महानगरले नगरका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने

छनौटमा परे बुङमति, धापाखेल, बालकुमारीको गुइत दोमार  
बुधबार, फागुन १७, २०७९

ललितपुर ।  ललितपुर महानगरले महानगरभित्रका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी गरेको छ । महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती उपकेन्द्र खोल्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । 
शहरीकरणसँगै बढ्दै गएको जनघनत्वका कारण सहरको व्यस्तता छिचोलेर प्रकोप भएको ठाउँमा एम्बुलेन्स, दमकल पुग्न गाह्रो हुने भएकाले महानगरभित्रका अन्य तीन ठाउँमा उपकेन्द्र खोल्ने तयारी गरेको नगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘पुल्चोक दमकलमा भएकोलाई मुख्य केन्द्रको रुपमा उपकरणहरु थप्दै जान्छौं ।’ ललितपुर महानगर प्रमुख महर्जनले वडा नं.२२ बुङमतिमा, वडा नं ८ को गुइत दोमार र धापाखेलमा यस्तो उपकेन्द्र खोल्नु पर्ने बताए । 

lm1677648063.jpg
नगरप्रमुख महर्जनले भने, ‘बुङमति र गुइत दोमारमा थाई सरकारले डिआरआर सेन्टर बनाइदिएको छ, अब त्यहाँ अन्य आवश्यक सामग्रीहरु थप्दै जानेछौं ।’ नगरप्रमुख महर्जनले धापाखेलमा भने पूर्वाधार नै तयार गर्नुपर्ने बताए । पूर्वाधार निर्माणसँगै उपकरणका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे । महानगरको पुल्चोकस्थित दमकलमा अहिले नगरप्रहरी, एम्बुलेन्स, दमकल र विपद्का बेला आवश्यक पर्ने अन्य उपकरणहरु र  शववहान राखिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार