बञ्चरेडाँडामा अस्पतालजन्य फोहर फाल्नेलाई ५० हजार जरिवाना

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ । बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्‍याउने अस्पताललाई काठमाडैं महानगरपालिकाले ५० हजार जरिवाना गरेको छ ।
कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्‍याएको भन्दै  ५० हजार जरिवाना गरिएको कामपा वातावरण विभागका प्रमुख रबीनमान श्रेष्ठले जानकारी दिए ।
बञ्चरेडाँडामा अस्पतालजन्य फोहरको व्यवस्थापनका लागि बन्देज गरिएको छ । अस्पतालले फालेका ती  फोहरहरू अन्य सामान्य फोहरभन्दा हानिकारक हुने भएकाले रोक लगाइएको हो ।   
सात महिना यतादेखि कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर बञ्चरेडाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ । त्यहाँसामान्य फोहर मात्र व्यवस्थापन गर्न मिल्छ ।  अस्पतालजन्य फोहर हानिकारक मानिने हुँदा उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहरमा बदल्नु पर्छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।  
काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार