एमालेले पनि छाड्यो सरकार, समर्थन फिर्ता

सोमबार, फागुन १५, २०७९

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी गत पुस १० मा बनेको सत्ता गठबन्धन अब पूर्ण रुपमा भाँडिएको छ । प्रचण्ड नेतृत्वको सरकारको प्रमुख घटक नेकपा एमालेले सरकार छाड्ने र प्रधानमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेका कारण चुनावपछि बनेको गठबन्धन पूर्ण रुपमा भाँडिएको हो । राष्ट्रपति निर्वाचनका बेला एमाले–माओवादी टकराव सत्ता गठबन्धन भाँडिने कारण बन्यो । एमालेले आज बिहान सचिवालय बैठकबाट सरकार छाड्ने तथा सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । 
पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेका संसदमा ७९ सांसद छन् । एमालेले सरकार छाडेसँग राष्ट्रपनि निर्वाचनका लागि बनेको गठबन्धन दलहरु सरकारमा जाने छन् । यसअघि सरकारमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी तथा राप्रपाले सरकार छाडिसकेका छन् । रास्वपाले सरकार छाडेपछि समर्थन फिर्ता भने लिइसकेको छैन । आज रास्वपाको पनि बैठक भएकाले सरकारलाई दिएको समर्थनका विषयमा निर्णय लिने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार