सोसल मिडिया
Contact Us
युनिकोड
धादिङ । जिल्लामा कोरोना सङ्क्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा सम्लग्न छन् । धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स–रे गर्ने काम गरिरहेकी छन् । उनले भनिन, ‘बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ । कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ ।’ उनी यही वैशाख १८ गतेदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहेकी छन् । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड १९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् ।