राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न आठ दलको बैठक बालुवाटारमा

आइतबार, फागुन १४, २०७९

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा दलमा छलफल गर्न आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बालुवाटार बैठकमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी भएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताको उपस्थिति रहेको छ । गत शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार