राप्रपाका मन्त्रीले दिए राजीनामा

शनिबार, फागुन १३, २०७९

काठमाडौँ ।  राष्ट्रपनि निर्वाचनका लागि पुरानो गठबन्धन ब्युँतिएसँगै सरकारमा सहकागी दलहरु बाहिनिर थालेका छन् । त्यसको सुरुवात राप्रपाले गरेको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिए । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर आज दिउँसो राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । 

PRO_KTM+PRACHANDA_RAPRAPA1677312581.jpg
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा दिएका हुन् । 
राप्रपाको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार