सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकार गठनका बेला निर्माण भएको नयाँ गठबन्धन राष्ट्रपति निर्वाचनका लागि भत्कन लागेको विश्लेषणा गरिएकै बेला गठबन्धनका मुख्य घटक एमाले–माओवादीले गठबन्धन जोगाउने अन्तिम प्रयास गर्दैछन् । यसका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज वान टु वान वार्ता तय भएको छ । राष्ट्रपति निर्वाचनकै विषयमा साझा धारणा बनाउन चुनाव अघिको गठबन्धन पनि कस्सिरहेको छ । उसले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिमा साझा उम्मेदवारको खोजी गरिरहेको छ । यसै क्रममा माओवादी अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि निर्णायक भनिएको वार्ता तय भएको छ । चार दलको बैठकले गर्ने निर्णयले दुई नेताबीचको वार्तालाई कस्तो अवस्थामा पु¥याउँछ त्यो भने हेर्न बाँकी नै छ । सत्ताका प्रमुख दुई दलका नेता भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक वार्तामा बस्न लागेका हुन् । राष्ट्रपति उम्मेदवारका विषयमा कांग्रेसको पहलमा तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउने प्रयास भइरहेको छ । माओवादीले एमालेबाट राष्ट्रपति नस्वीकार्ने अडान राखेपछि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम सिफारिस गरेका छन् । बिहीबार बसेको माओवादी केन्द्र, जनता समाजावादी र एकीकृत समाजवादीको बैठकले पनि राष्ट्रपतिको उम्मेदवारका विषयमा एमाले अध्यक्ष ओलीको ठोस प्रस्ताव सुन्ने निर्णय गरेको थियो । ओलीले माधव नेपाललाई नै उम्मेदवार बनाउने प्रस्ताव गरे माधव नेपालले आफू तयार रहेको बिहीबारको बैठकमा बताएका थिए । एकीकृत समाजवादीले त आफ्ना अध्यक्षको नाममा सहमति गर्न प्रस्ताव गरेको थियो । पाँच दलीय गठबन्धन ब्युँताएर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने अनौपचारिक सहमति भइसकेको सार्वजनिक भएका बेला ओलीले नेपालको नाममा समर्थन जनाए नेपाललाई राष्ट्रपति बनाउन माओवादी तयार भएको बताइन्छ । त्यसका लागि पूर्व सहमति अनुसार माओवादीको भागमा परेको उपराष्ट्रपति जसपालाई दिन माओवादी तयार भएको छ। हालको गठबन्धनमा एकीकृत समाजवादी आए यही गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवारले जित्ने निष्कर्षका साथ माधव नेपालको नाममा सहमतिको प्रयास भइरहेको हो।