सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै चुनाव अघिको गठबन्धन फेरि सक्रिय हुने लक्षण देखा परेको छ । चुनाव अघि नेपाली काँग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमोर्चा एक ठाउँमा थिए । उनीहरुले केपी ओली सत्ताच्यूत भएपछि करिब १८ महिना सरकारमा सहकार्य पनि गरेका थिए । निर्वाचनको नजितासँगै नयाँ सरकार गठनका बेला काँग्रेस र माओवादी केन्द्रबीच पद बाँडफाँटमा सहमति नहुँदा यो गठबन्धन भाँडिएर एमालेको सक्रियतामा माओवादी केन्द्र, राप्रपा, रास्वपासहित ७ दलको नयाँ समिकरण बनेको थियो । यो समिकरण राष्ट्रपति निर्वाचनका बेला छिन्न भिन्न हुने अवस्था पुगेको छ । राष्ट्रपति निर्वाचनका विषय साझा मत बनाउन आज नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् । हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि छलफल गर्ने सहमति गरेको थियो । आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूतिने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्ने नेताहरु बताउँछन् । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।