चुनावअघिको गठबन्धन ब्युँताउने अन्तिम प्रयास, शीर्ष बैठक बस्दै 

एमाले–माओवादी एक–अर्कासँग सहमत नहुँदा नयाँ गठबन्धन धरापमा
बिहीबार, फागुन ११, २०७९

काठमाडौं । नेपालको राजनीतिमा सबै कुरा सम्भव हुन्छ भन्ने कुरा मंसिर ४ को चुनाव र त्यसपछिका राजनीतिक घटनाक्रमले स्पष्ट पारिदिएका छन् । गठबन्धन गर्ने मत नदिने, एउटा गठबन्धनलाई छाडेर अर्काे गठबन्धनमा गएर चुनाव लड्ने, टिकट नपाउँदा पार्टी नै छाड्ने देखिएकै हो । सरकार गठनका बेला पुरानो गठबन्धनमा शक्ति बाँडफाटमा कुरा नमिल्दा गठबन्धन नै छिन्न भिन्न हुन पुगेको थियो । गत पुस १० गते एमालेको अगुवाइमा नयाँ गठबन्धन बनेर सरकार निर्माण पनि भयो । तर, त्यो गठबन्धन पनि राष्ट्रपति निर्वाचनको विषयमा लगभग छिन्न भिन्न हुने अवस्थामा पुगेको छ । गठबन्धनका महत्वपूर्ण साझेदार एमाले–माओवादीबीच राष्ट्रपति निर्वाचनका विषयमा एक–अर्कासँग सहमत नहुँदा नयाँ गठबन्धन छिन्न भिन्न हुने अवस्थामा पुगेको हो । चुनावअघि १८ महिना कााँग्रेसको नेतृत्वमा गठबन्धनमा रहेका दलहरु राष्ट्रपति निर्वाचनका बेला फेरि एक ठाउँमा उभिने मुडमा पुगेका छन् । पुराना दलबीच मित्रता बढ्न थालेपछि एमाले बिच्किएको छ । एमाले नेताहरुले आक्रोशको स्वत उच्च बनाउन पनि थालिसकेका छन् । 
चुनावअघि कायम रहेको पुरानो गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठक बोलाएपछि त एमालेका नेताहरु पुरानो गठबन्धन व्युँतन लागेको कुरामा पक्का पक्की जस्तै भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठक बोलाएर गठबन्धन ब्युँतिएको उनीहरुले सन्देश पनि दिइसकेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आज चार दलका नेताको बैठक बोलाइएको पुष्टि पनि गरे । पुराना गठबन्धन दलका नेताहरु साँझ ५ बजे बैठकमा बस्दैछन् । यो बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलका लागि बोलाएका छन् । ४ बजे प्रधानमन्त्री दाहाल, नेपाल र यादवबीच छलफल हुने भएको छ । त्यसपछि ५ बजे चार दलका शीर्ष नेताको बैठक बस्ने तय भएको हो । छलफलको मुख्य बुँदा पुरानो गठबन्धनलाई इन्ट्याक्ट राख्ने र राष्ट्रिपति–उपराष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउने । राष्ट्रपनि निर्वाचनका लागि शनिबार मनोनयनको दिन तोकिएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते राष्ट्रपति निर्वाचन हुँदैछ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार