'राष्ट्रपतिको उम्मेदवार १३ गते टुङ्गो लागिहाल्छ’

पुरानो गठबन्धन ब्युँताउने विषयमा निर्णय भएको छैन : प्रधानमन्त्री 

बिहीबार, फागुन ११, २०७९

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेट केही बेर अघि सकिएको छ ।  भेटपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले पुस १० गते भंग भएको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो भइनसकेको जानकारी दिए । 
नेपालसँगको संवादपछि निस्किने क्रममा पत्रकारले सोधेका थिए, ‘प्रधानमन्त्री ज्यू पुरानो गठबन्धन ब्युँताउने निर्णय भइसकेको हो ?, दाहालले जवाफमा भने, ‘होइन अहिले फाइनल भइसकेको छैन ।’
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारबारे पनि अहिले नै केही टुंगो नलागिसकेको बताएका छन् । ‘१३ गतेसम्म टुंगिजान्छ’, संक्षिप्त उत्तर दिँदै उनले भने, ‘अहिले कुरा भइरहेको छ, टुंगिएको छैन।’
दुई नेताबीच निर्वाचनअघिको गठबन्धन ब्युँताउने तथा एमाले अध्यक्ष केपी ओलीले माधाव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन चाहेको विषयमा छलफल भएको थियो । दुवै नेता निर्वाचनअघिको गठन्धनको महत्वपूर्ण हिस्सेदार मध्येका हुन् ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । दुई नेताबीचको भेटमा राष्ट्रपति निर्वाचनका विषय पनि छलफल भएको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार