प्रचण्ड–माधव नेपाल भेटमा पुरानो गठबन्धन ब्युँताउने विषय प्रवेश 

बिहीबार, फागुन ११, २०७९

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटमा निर्वाचनअघिको गठबन्धन ब्युँताउने विषयले प्रवेश पाएको छ । दुवै नेता निर्वाचनअघिको गठन्धनको महत्वपूर्ण हिस्सेदार मध्येका हुन् । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । दुई नेताबीचको भेटमा राष्ट्रपति निर्वाचनका विषय पनि छलफल भएको बताइएको छ । माधव नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउन चाहेको बताएपछि दुई नेताबीच यसै विषयमा केन्द्रित रहेर बार्ता भएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाँचदलीय गठबन्धन ब्युँताउने विषयमा चर्चा भइरहेका बेला दुई नेताबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार