चन्द्र भण्डारीलाई भोलिदेखि ठोस खाना दिइने 

बिहीबार, फागुन ११, २०७९

काठमाडौं । ग्यास लिकपछि आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई  भोलिदेखि ठोस खाना दिइने भएकाे छ । उनलाई हालसम्म  तरल खाना मात्रै दिइएकाे थियाे ।  
एैरोली, नवी मुम्बईबाट चन्द्र भण्डारीका ठूलो दाजु मीनप्रसाद भण्डारीले लेखेकाे फेसबुक अपडेटमा डा. राधिकाको काउन्सिलिंगपछि यस्तो तयारी भएकाे जानकारी गराएका हुन् ।  
‘सांसद भण्डारीका सवै पारामिटर (मानक) हरु सामान्य रहेका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गईरहेको छ’, उनले लेखेका छन्,  ‘आज दोश्रो ड्रसिंग हुँदैछ।’ 
डाक्टरको सल्लाह बमोजिम २१ दिन (३ हप्ता) पछि तेश्रो ड्रेसिंग पश्चातमात्र भात्रै भेटघाटका लागि निर्णय गरिनेछ उनले उल्लेख गरेका छन् ।   
गत बिहीवारदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा  उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको थियो । गत बुधबार राति आफ्नै निवासमा ग्यास लिक हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।
नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार