सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिले सांसद चौधरीसहितका व्यक्तिलाई बाँकी कैद सजाय मिनाह गरेकी थिइन् । आगजनी घटनामा सांसद चौधरी जेल परेका थिए ।