पूर्वराज ज्ञानेन्द्रलाई एमाले अध्यक्ष ओलीको जवाफ

के विषयमा सहकार्य गर्ने ?

ज्ञानेन्द्रसँग पुरानै धङधङी बाँकी 
आइतबार, फागुन ७, २०७९

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी बाँकी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गरेका छन् । १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको ओलाीले बताए । 
उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ । उहाँमा अझै पुरानो झल्को आइरहन्छ । दुईचार जना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस्याउँछ ।’ पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राजतन्त्रसँग दलहरू मिलेर बढ्नुपर्ने प्रस्ताव गरेका थिए।
अध्यक्ष ओलीले भने,  ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ । त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पु¥याउनुभयो ?  ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार