द्रुत विकास अघि बढाउने चुनौती : सभामुख 

आइतबार, फागुन ७, २०७९

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ को अवसरमा शुभकामना दिँदै सभामुख घिमिरेले लोकतन्त्र प्राप्तिका लागि लामो चरण सकिएको सन्दर्भ उल्लेख गर्दै विकास अगाडि बढाउने चुनौती रहेको बताए । 
“विसं २००७ मा नेपालमा जहानियाँ राणा शासनको अन्त्य भएर प्रजातन्त्रको आगमन भए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन, लोकतन्त्र प्राप्तिका लागि चेतना भर्न सुरु गरे पनि थप आन्दोलनको जरुरत पर्‍यो, यसैको सिलसिलामा नेपाली जनताले सुझबुझपूर्ण तबरबाट सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन्”, सन्देशमा भनिएको छ । प्रजातन्त्र दिवसका सन्दर्भमा नेपालमा प्रजातन्त्र एवं लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रजातन्त्रप्रतिको निष्ठालाई आत्मसात गर्न हामीलाई यस पावन दिनले सदैव प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार