सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । निर्वाचन कानुनमा संशोधनका लागि निर्वाचन आयोगले मस्यौदा तयारी थालेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले निर्वाचन कानुनको मस्यौदाको तयारी थालेको जानकारी दिए । सातौँ निर्वाचन दिवसका अवसरमा उनले शुभकामना सन्देश दिँदै उनले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी दिएका छन् । विसं २०१५ फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेको महत्वपूर्ण दिनको स्मरण गर्दै आज सातौँ निर्वाचन दिवस मनाइँदै छ ।