सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नामिबियालाई हराउँदै नेपालले जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले नामिबियामाथि ३ विकेटको जित निकालेसँगै नेपालले तीनवटा जित निकालेको हो । यसअघि नेपालले सिरिजको आफ्नो पहिलो खेलमै नामबियालाई २ विकेटले हराएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । शनिवार टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाका लागि जेन ग्रिनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अविजित ७५ रन बनाएका थिए । त्यस्तै पिक्की या फ्रान्सले ४९ रन, लो–हान्द्रे लोउरेन्सले ४१, मिचेल भान लिन्गेनले २२ तथा कार्ल ब्रिकेनस्टकले २० रन बनाएका थिए । त्यस्तै, आक्रामक ब्याटिङ गर्दै रुबेन ट्रम्पेलम्यानले ७ बलमा २४ रन बनाएका थिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेटका थिए भने करण केसीले एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ओपनर कुशल भुर्तेललाई एक रनमै गुमाएको थियो । तर, आशिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी बनाउँदै अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ८१ रन बनाउँदा मल्लले ६५ रन बनाए ।
यस क्रममा शेख र मल्लले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी बनाए । यो एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी हो । यसअघि जारी सिरिजकै नामिबियाविरुद्धकै खेलमा कुशल भुर्तेल र रोहितकुमार पौडेलले बनाएको १३३ रनको साझेदारी उच्च साझेदारी थियो । तेस्रो उच्च साझेदारी १२९ रनको छ। यो यूएईविरुद्ध ज्ञानेन्द्र मल्ल र आशिफ शेखले बनाएका थिए। त्यस्तै, कप्तान रोहित कुमार पौडेल र कुशल मल्लले पनि ठूलो साझेदारी बनाउँदै टोलीलाई जिततर्फ डोहोर्याए । उनीहरुले ९२ रनको साझेदारी बनाए । लगातार दुई खेलमा अर्धशतक प्रहार गरेका कुशल मल्लले ६२ रन बनाउँदा रोहितकुमार पौडेलले ३९ रन बनाए । बलिङतर्फ नामिबियाका रुबेन ट्रेम्पलमनले ३ विकेट लिँदा बर्नार्ड स्कल्चले २ तथा तानगेनी लुन्गामेनी र पिक्की या फ्रान्सले समान १ विकेट लिए ।
जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । योसँगै नेपालले २७ खेलबाट २४ अंक जोडेको छ । अर्कोतर्फ तीनवटा खेलमा लगातार पराजय ब्यहोरेको नामिबिया ३३ खेलबाट ३७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा कायम छ । सिरिजको अर्को खेलमा सोमवान नामिबिया र स्कटल्याण्ड तथा मंगलवार नेपाल र स्कटल्याण्ड भिड्नेछन् । घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भएका थिए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । ओडीआईमा नेपालको यो सर्वाधिक साझेदारी हो । यो जोडीले यही लिग टु को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेको १३३ रनको साझेदारी तोडेका हुन् । २७ औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि साझेदारी तोडिएको थियो । ज्ञानेन्द्रले ७४ बल खेल्दै ५ चौका र ३ छक्कमा मद्दतमा ६५ रन जोडे ।
आशिफले ९८ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ८१ रन बनाए । आशिफ ३२औं ओभरमा आउट भएका थिए । त्यसपछि कुशल मल्ल र रोहितले इनिङ्स अघि बढाए । कुशलले शनिबार रोहित भन्दा अघि ब्याटिङ गरेका थिए । क्रिजमा दुवै नयाँ भएपनि सम्हालिएर खेल्दै ९२ रनको साझेदारी गरे । नेपाल जित नजिक पुग्दा कुशलले ठूलो सट खेल्न खोज्दा आउट भए । कुशल मल्लले ४९ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६२ रन जोडे । त्यसपछि पनि नेपालले थप ३ विकेट गुमायो । कुशल मल्लले लिग टु मा लगातार दोस्रो अर्धशतक बनाएका हुन् । यसअघि शुक्रबार स्कटल्याण्डलाई पारजित गर्दा कुशल मल्लले आक्रामक ८१ रन बनाएका थिए । रोहितले ४३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १ रनमै आउट भए । नामिबियाका रुबेन ट्रम्पलमेनले ३, बर्नानर्ड स्कोल्जले २ तथा तांगेनी लुंगामेनी र पिक्की या फ्रान्सले १ विकेट लिए ।