कोरोना संक्रमणका कारण न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर निरालाको निधन

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ  पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद् सदस्य भएका हुन् ।–रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार