राष्ट्रपतिमा सहमति खोज्ने प्रयास

प्रचण्ड–ओलीको बालुवाटार–बालकोट गोलचक्कर

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने दिन नजिकिएपछि सत्ताका प्रमुख दुई घटक नेकपा एमाले तथा माओवादी केन्द्रका शीर्ष नेताले राजनीतिक भेटघाटलाई तिब्रता दिइरहेका छन् । यी दुई दलका नेता कहिले बालुवाटार त कहिले बालकोटको गोलचक्करमा छन् । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका दुई नेता आज एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भेटवार्ता गरे । भेटमा दुई नेताबीच राष्ट्रपति निर्वाचनकै एजेण्डामा केन्द्रित रहेर कुराकानी गर्ने गरेको प्रधानमन्त्रीको सचिवालयको जानकारी दिएको छ । आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट भयो ।

दुई नेताको भेट सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवासमा पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको बताउँदै केही दिनमा नै निष्कर्षमा पुग्ने छोटो प्रतिक्रिया दिए । बिहीबार बालुवाटारमा दुई नेताबीच शुक्रबार विहनका पनि छलफल गर्ने तय भएको बैठक प्रधानमन्त्रीलाई राष्ट्रिय जनमोर्चाका नेताले ज्ञापनपत्र बुझाउने भएपछि दिउँसोका लागि सारिएको थियो । प्रधानमन्त्रीसँगको सबै भेटमा एमाले अध्यक्ष ओलीले पुस १० को सहमति अनुसार आफ्नो पार्टीले उठाएकै व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने अडान दोहो¥याइरहेका छन् । तर, काँग्रेसले पनि आफूलाई विश्वाको मत दिएका कारण परिस्थिति फेरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति जुटाएर साझा उम्मेदवार बनाउनुपर्ने तर्क गरिरहेका छन् । प्रधानमन्त्री र ओलीबीच यही विषयमा कुरा मिलिरहेको छैन । दुई नेताबीच कुरा नमिलिेकै कारण उनीहरुबीच पटक–पटक भेटवार्ता भइरहेको हो । बिहीबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच यही विषयमा २ घण्टा बालुवाटारमा छलफल भएको थियो । बालुवाटार बैठकमा दुबै नेताले आफ्ना अडान छाडेनन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार