Dashain Banner
Dashain Banner

जलेर घाइते चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल 

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं । ग्यास सिलिन्डर लिक हुँदा जलेर गम्भीर घाइते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो अप्रेशन गरिएको छ। 
मुख्य सर्जन डा.सुनिल केसवानीलाई उदृत गर्दै मुम्बईमा रहेका योगराज कँडेलले फेसबुकमा लेखेको छन्, ‘चन्द्रदाईको दायाँ खुट्टामा एकदमै डिप ईन्जुरी रहेको कारण सोचे भन्दा धेरै समय सर्जरीमा लाग्यो तर दायाँ खुट्टा माईल्ड रहेको ।’ दुवै खट्टाको सर्जरी सम्पन्न भएको छ उनले फेसबुकमा लेखेका छन्, ‘दोस्रो सर्जरी गर्ने वा नगर्ने अव्जरवेसन पछि मात्र निर्णय हुनेछ।’ 
सिलिन्डर ग्यास विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । शुक्रबार उनको दुवै खुट्टाको अप्रेशन सफलतापूर्वक सकिएको योगराजले जानकारी दिएका छन् ।   उनलाई आईसीयुमा राखेर उपचार गरिएको छ । 
यसअघि शुक्रबार बिहान साढे १० बजे पहिलो सर्जरी र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तयारी थियो । तर केही बेरअघि पहिलो अप्रेशन सकिएको हो।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार