जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते शनिबार बस्ने भएको छ । विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका अजेण्डाहरुमा बैठक केन्द्रित हुने बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ । पार्टीले मंसिर ४ को निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्नेविरुद्ध कारबाही गर्ने विषय पनि बैठकको एजेण्डामा राखिएको छ । पार्टीले अन्तर्घातका विषयमा छानबिन गर्न समिति बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार