नुवाकोट बस दुर्घटनामा तीनजनाको मृत्यु, २३ घाइते

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१२ मा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी छन् । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँचजनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा २ ख ८४५ नंको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना भएको हो ।

RHN_TRISHULI_ACCIDENT1676585719.jpg
नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । उकालोमा अघि बढ्नुपर्ने बसपछि हटेर एक सय ५० मिटर तल झरेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार