सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राजधानी काठमाडौंमा ग्यास विस्फोटमा परी सांसद डा. चन्द्र भण्डारी तथा उनकी आमा घाइते भएको भोलिपल्ट बिहीबार बिहान दाङमा पनि ग्यास विस्फोटको घटना भएको छ । काठमाडौंमा ग्यास विस्फोटमा परी घाइते भएका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ भने उनकी आमाको बिहान निधन भयो ।
उता तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएको खबर छ । विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवनका आशिष खनाल घाइते भएका छन् । कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा भएकाे हाे । केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर छ ।