सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो । उनको उपचार टिममा डा. प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा. बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) दिनेश राई, (प्यारामेडिक्स इआर), सागर महर्जन, (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) उपचार टोलीमा सहभागी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार राती बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा. भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ ।