अनेरास्ववियुमा आज उम्मेदवारी दर्ता

निर्वाचन अधिकृतले सार्वजनिक गरे निर्वाचन कार्यतालिका
बिहीबार, फागुन ४, २०७९

काठमाडौँ । एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्व  चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । यस्तै भोलि बिहान ९ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आजै मतदाता नामावली सार्वजनिक गरिने छ । दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ६ बजे देखि ७ बजेसम्म उम्मेदवारी दर्ता फिर्ताका लागि समय तोकिएको छ ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि सहमतिको प्रयास भइरहेको जानकारी दिइन् ।
नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्रीको दाबी रहेको छ । महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ । महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा मङ्गलबारदेखि सुरु भएको महाधिवेशन बिहीबारसम्म सञ्चालन हुनेछ । निर्वाचन भए यो कार्यतालिकामा परिवर्तन हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार