सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा गरिएको हो । तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । भण्डारीकी पत्नी र छोरालाई पनि कोरोना सङ्क्रमण देखिएको छ । भण्डारीकी पत्नी र छोरा भने होम आइसोलेशनमै छन् ।