जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो

बुधबार, फागुन ३, २०७९

पोखरा । मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका–३ स्थित कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो ।
ना ७ ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको हुन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस करिब ४५ मिटर तल खसेको छ ।  बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।
गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए । दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार