सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकसहित २० जना सहसचिवको सरुवा गरेको छ । मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकहरूको सरुवा गरेको हो । विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई पठाइएको छ भने तत्कालीन महानिर्देशक अर्जुन जङ्ग थापालाई मन्त्रालयमा तानिएको छ । नयाँ सरकार परिवर्तन भएसँगै हरेक सरकारको पहिलो प्राथमिकतामा पर्दै आएको छ कर्मचारी सरुवा । सरुवामा निकै ठूलो आर्थिक चलखेल हुँदै गरेको आरोप लाग्ने गरेको छ ।