हेटौंडा सिमेन्टको उत्पादन बन्द

मंगलबार, फागुन २, २०७९

काठमाडौं । कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको छ । 
लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै सञ्चालनमा आएको थियो । अहिले फेरि कोइला अभाव भएपछि उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको हो । यो सिमेन्ट उद्योगले दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । विसं २०३३ मा एशियाली विकास बैंकको सहयोगमा स्थापना भएकाले मेसिनहरु पुरानो हुँदा बेला बेलामा समस्या आउने गर्दछ । पर्याप्त जनशक्ति नहुँदा पनि उद्योगको उत्पादन क्षमतामा ह्रास आएको छ । बजारमा हेटौंडा सिमेन्टको माग धेरै भएपनि उद्योग भने विगत चार वर्षदेखि घाटामा छ। 
कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको छ । उद्योगले चरणवद्ध रुपमा १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ । 
उद्योग व्यवस्थापन पक्षले सिमेन्ट उत्पादनका लागि एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गरेको छ । भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट कोइला आयात गरिन्छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार