यातायात मजदुरले फिर्ता लिए बन्द

मंगलबार, फागुन २, २०७९

काठमाडौं । आइतबारको घटनाका बारेमा छानबिन गरी दोषीमाथि कारवाही गर्ने सरकारी प्रतिवद्धता पछि यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो । 
बार्तामा सरकारी पक्षले यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारवाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमिततालगायतका विषयमा छानविन गर्ने प्रतिवद्धता आएपछि यातायात बन्दको कार्यक्रम फिर्ता लिने मजदुर राजी भएका हुन् । 
यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार