सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज पूर्वी पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मपन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि २०७७ साल माघ २७ गते पनि ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।