आज सार्वजनिक बिदा, सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आलोचना

सोमबार, फागुन १, २०७९

ठमाडौँ । ‘जनयुद्ध’ लाई वैधानिकता दिँदै आज सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारको यो निर्णयको चौतर्फी विरोध भइरहेको छ । माओवादी इतरबाट यो बिदालाई लिएर सामाजिक सञ्जालमार्फत तीब्र असन्तुष्टि पोखिको छ । सत्ता गठबन्धनमा रहेको नेकपा एमाले, विपक्षी दलको दाबी गरिरहेको नेपाली काँग्रेससहितका दलहरू भने ‘जनयुद्ध’ सुरु भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति मौन छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  विसं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धकै जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको माओवादी दलको बु्झाइ छ ।  गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएको उसको दाबी छ ।  जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो । 
सामाजिक सञ्जालमा यसरी पोखिएको छ विरोध 

Madhu1676249866.JPG
 

Govinda1676249858.JPG

Bhimar1676212680.JPG

kamal1676250269.JPG

 

lax1676249853.JPGparas1676249861.JPG

bam1676249863.JPG

mukunda1676249857.JPG

jib1676249853.JPG

lax1676249853.JPG

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार