Dashain Banner
Dashain Banner

जनयुद्ध दिवसमा बिदा कार्यकारी शक्तिको अधिक दुरुपयोग : भीमार्जुन आचार्य

आइतबार, माघ २९, २०७९

काठमाडौं ।  संविधानविद डा. भीमार्जुन आचार्यले जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय कार्यकारी शक्तिको अधिक दुरूपयोग भएको टिप्पणी गरेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारको दुरुपयोग गरेर भोलि बिदा दिने निर्णय गराएको उनको दाबी रह्यो । 

‘यो एकदम गलत छ। कार्यकारी शक्तिको अति धेरै दुरुपयोग भएको छ। यो दिवस मनाउने कुरा नै विवादास्पद छ । यो राष्ट्रले मनाउने भन्ने कुरा नै भएन । हजारौं मानिसहरु मरे । द्वन्द्व पीडितले न्याय पाउने भन्ने कुरा पनि आजबाट सकियो,’ आचार्यले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । 

Bhimar1676212680.JPG
‘यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी  (arbitrary) काम भयो । सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउछन भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहाँ छन्, त्यो जान्न मन लाग्यो ! एउटा नेपालीले अर्को नेपाली विरूद्द गरेको लडाइलाई दिवस मानी सार्वजनिक बिदा दिने यो सरकारले हामीलाई एकतामा बाध्ने दशैं तिहार जस्ता महान चाडको बिदा कटौती गर्न सक्छ, आजैबाट चनाखो बनौं ।'

पत्रकार बिन्दुकान्त घिमेरेले पनि फागुन १ गतेलाई जनयुद्ध दिवस भन्दै सार्वजनिक विदाको घोषणा गरिएको प्रति असन्तुष्ठि व्यक्त गरेका छन् । ‘यो निर्णयमा राप्रपाका मन्त्रीहरुको सहभागिता छ । राप्रपाका संरक्षक पूर्वराजा ज्ञानेन्द्र शाह हुन् भन्ने कुरा ओपन सेक्रेट जस्तै छ ।
यदी ज्ञानेन्द्र शाहले नै फागुन १ लाई राष्ट्रिय पर्वका रुपमा स्वीकार गरेका हुन् भने राप्रपा नाम गरेको ढ्वाङ किन चुनावमा थाप्ने गरिएको हो ? घिमिरेले फेसबुकमा लेखेको छन् । 

यसैगरी लम्जुङमा माओवादी द्धन्द्धमा मारिएका शिक्षक मुक्तिनाथ अधिकारी छोरा सुमन अधिकारीले पनि जनयुद्ध सुरु भएको दिनको सम्झनामा  सार्वजनिक बिदा दिने सरकारको निर्णयमा कटाक्ष गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मान्छे मार्ने, बेपत्ता पार्ने, बलात्कार गर्ने रगतको होली खेल्ने शोकको दिनलाई कथित जनयुद्ध दिवसका नाममा बिदा अनि राज्यशक्तिको दुरुपयोगमा सतारुढ नेकपा एमाले, रास्वपा, राप्रपाको सत्ताको लागि कतिसम्म लाचारी १ चुक्क नबोल्ने ? यो जायज हो ? जवाफ चाहियो ।’@KpOli13 @hamrorabi @RajendraLingden

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार