पोखराको लेकसाइडमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा 

शनिबार, माघ २८, २०७९

कास्की । पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा शनिबार अपराह्न ३ ः ४५ देखि लागेको आगो नियन्त्रणमा लिइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । 
लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज डिपार्टमेन्टबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित नासा ट्रेकिङ इकुप्मेन्ट सप, दोर्जेज बार एन्ड ग्रिल लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।
पोखरा महानगरपालिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका दमकल र ट्याङकरको सहायताबाट साढे ६ बजेपछि आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । 
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार