सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा आगलागी भएको छ। लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट शनिबार अपराह्न ३ः४५ देखि सुरु भएको हो । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो नजिकका अन्य पसलहरूमा पनि सल्किएको छ। आगो नियन्त्रणका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोली खटिएका छन् । दुईवटा दमकल र तीनवटा ट्याङकरको सहायताबाट आगो नियन्त्रणमा लिने प्रयास जारी छ । आगलागीबाट हिमालयन जाभा, नासा ट्रेकिङ इकुप्मेन्ट सप लगायत पसलहरूमा पनि आगो सल्किएको छ । आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ । नजिकैका पसलहरूबाट कतिपय व्यवसायीले सामान पनि सुरक्षित स्थानतर्फ सार्न सकिरहेका छैनन् । आगलागीका कारण हल्लनचोकदेखि बाराही चोकसम्मको सवारी आवागमन रोकिएको छ ।